साप्ताहिक संवाददाता
नेपाली बजारमा हालै सार्वजनिक भएको कलर्स मोबाइलको पी–८५ प्लस मोबाइल सेल्फी र फोटोग्राफीलाई मध्यनजर गरेर उत्पादन गरिएको हो ।
यो सेटमा १३ मेगापिक्सेल रिअर क्यामेरा भएको भागबाट तस्बिर खिच्नका लागि तीनवटा फ्लास छ, जसले अँध्यारोमा पनि राम्रो तस्बिर खिच्छ भने सो सोही लेन्समा एफ २ एपार्चर भएको लेन्स पनि छ, जसले कम प्रकाशमा पनि स्पष्ट तस्बिर निकाल्न सक्छ ।
सामसङले निर्माण गरेको लेन्स जडान गरिएको यो क्यामेरामा रिडमी नोट थ्रिमा प्रयोग गरिएको सेन्सर प्रयोग गरिएको छ । चाँडै अटोफोकस गर्ने यो क्यामेराबाट म्यानुएल मोड, एचडीआर र पानोरामामा तस्बिर खिच्न सकिन्छ । यो सेटमा फ्ल्यास लाइटसहित ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
मेटालिक बडी भएको यो सेटमा १ दशमलव ३ गिगा हर्ज क्वाडकोर प्रोसेसर छ । २ जिबी र्याम रहेको यो सेटमा १६ जिबी इन्टरनल स्टोरेज छ, जसलाई माइक्रो एसडीमार्फत ३२ जिबीसम्म बढाउन सकिन्छ । ५ दशमलव ३ इन्चको स्क्रिन रहेको यो सेट नेपाली बजारमा १२ हजार ९ सय ९५ रुपैयाँ पर्छ ।