डरलाग्दा स्टन्टका लागि चिनिने रेस्लिङका जति विरोधी छन्, उत्तिकै समर्थक पनि । डब्लूडब्लूई भनेपछि हुरुक्कै हुने जमात ठूलै छ र उनीहरूका लागि रेस्लिङका अनौठा हाउभाउ, व्यवहार, प्रहार र घम्साघम्सी उत्तिकै रोमाञ्चक हुन्छ । डब्लूडब्लूई अर्थात् वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट । यसको पुरुष विधा लामो समयदेखि लोकप्रिय रहँदै आएको छ, तर पछिल्लो समयमा पुरुषहरूलाई टक्कर दिन अघि आएका छन्, वुमेन्स रेस्लर ।
मेन्स रेस्लिङमा जुन प्रकारको क्रूरता पाइन्छ, लगभग त्यस्तै भाव वुमेन्स रेस्लिङमा पनि देखिन्छ । जति स्टन्ट मेन्स रेस्लिङमा पाइन्छ, ती सबै वुमेन्स रेस्लिङमा पनि पाइन्छ । वुमेन्स रेस्लिङमा एउटा कुरा बढी पाइन्छ, त्यो हो, महिला खेलाडीको ग्ल्यामर अथवा भनौं, महिला खेलाडीको कामुकता । वुमेन्स रेस्लिङमा भरमार सेक्स अपिल छ । त्यसैले पछिल्लो समय वुमेन्स रेस्लिङ अत्यधिक लोकप्रिय हुन थालेको छ।यसको एउटा राम्रो उदाहरण हो, केही वर्ष अघिसम्म मेन्स रेस्लिङ सुरु हुनुअघि सबैलाई त्यसतर्फ आकर्षित गर्न वुमेन्स रेस्लिङ देखाइन्थ्यो, अर्थात् दर्शकलाई मुख्य कार्यक्रम अघि त्यसतर्फ तान्न मात्र वुमेन्स रेस्लिङको प्रयोग हुन्थ्यो ।
अचेल समय फेरिएको छ । अहिले सासा ब्यान्क्स र क्यारोलेटका भिडन्त मुख्य कार्यक्रममै समावेश हुन थालेका छन् । उनीहरू दुवै वुमेन्स रेस्लिङका चर्चित पात्र हुन् । उनीहरूको भिडन्त पहिलो पल्ट ‘पे पर भ्यु’ अन्तर्गत प्रसारण हुन थालेको छ । यसअन्तर्गत दर्शकले निश्चित रकम तिरेपछि मात्र यो भिडन्त हेर्न पाउँछन्, पहिले जस्तो सित्तैमा होइन । दर्शकलाई आफूतिर तान्न वुमेन्स रेस्लरहरूले पनि उत्तिकै मेहनत गरेका छन्, विशेषत: आफ्नो शरीरलाई सुन्दर र कामुक बनाउन । यसै क्रममा वुमेन्स रेस्लरले ब्रेस्ट सर्जरीसमेत गराउन थालेका छन् । खेलाडीहरूले ठूलो स्तनका लागि उक्त सर्जरी गराएका हुन् ।
ठूलो स्तनका कारण रेस्लिङमा खेलाडीको ग्ल्यामर बढ्ने विश्वास छ । हालै मात्र नयाँ तथ्यांक के आएको छ भने डब्लूडब्लूईका जति पनि प्रमुख महिला रेस्लर छन्, तीमध्ये ८० प्रतिशतले ब्रेस्ट सर्जरी गराएका छन् । यस्तै खेलाडीले आफ्नो शरीरको खास–खास भागलाई बढी आकर्षक तुल्याउन यस्ता अरू सर्जरीसमेत गराउँदै आएका छन् । यस्तो उपाय अपनाउनेमा निकी बेला, टोरी विल्सन, इभा मेरिया जस्ता चर्चित महिला रेस्लर अग्रपंक्तिमा छन् ।