साप्ताहिक संवाददाता
नेपाली गीत संगीतमा विगत एक दशक देखि रहेका गायक एम लामाले ‘तहल्का’ एल्वम लिएर आएका छन् । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘तहल्का’लाई आफ्नो १२–१३ वर्षको फल हो भनेका छन्, एमले ।
‘म्युजिक सम्बन्धि विभिन्न कक्षाहरु लिएर नै पूर्ण रुपमा आफूलाई पोख्त बनाएर यो क्षेत्रमा होमिएको छु ।’ उनले भने । एल्बममा ‘तहल्का...,’ ‘खै कस्ले...’, ‘म खेलीरहेछु...’, ‘कतै प्यास...’, ‘तिम्रो नजरको...’ र ‘बिहानीको...’ जस्ता छ बटा गीत समावेश गरिएको छ । सुरेश अधिकारी, शंकर थापा, हरि लम्साल र शिखर सन्तोषको संगीत रहेको यो एल्बममा रहेका गीतलाई शितल कादम्बिनी र रावतले लेखेका हुन् ।
युथ क्रिएशनले बजारमा ल्याएको यस एल्बममा रहेका ‘तहल्का...’ र ‘खै कस्तो...’ गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । तहल्कालाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् जसमा पुष्प खड्का र शिल्पा पोखरेलले अन स्क्रिन रोमान्स गरेका छन् भने खै कस्लेलाई आशिष लामाले निर्देशन गरेका छन् जसमा कृष्ण थापा र कृष्टिना थापाले अभिनय गरेका छन् ।