साप्ताहिक संवाददाता
मंसिर २१, २०७३
काठमाडौ – सबै प्रकारका सौन्दर्य सेवाका उपयोगी सौन्दर्यको संसार विविधतायुक्त रहेको तथ्यलाई मनन गरी एक दशकभन्दा लामो अनुभब बटुलेको हेल्दी होमले पोखरामा आफ्नो नयाँ शाखा खोलेको छ । नायिका करिश्मा मानन्धर र नायक आर्यन सिग्देलले शाखाको उद्घाटन गरेका हुन् । देशको विभिन्न क्षेत्रमा रहेको आफनो ग्राहकलाई लक्ष्य गरि हेल्दी होमले आफनो सेवा सुविधालाई विस्तार गरेको हो ।
हेल्दी होमले कुनैपनि साइड इफेक्ट बिनाशरीरको आवश्कताभन्दा बढी बोसोलाई अल्ट्रासोनिक साथै अन्य प्रबिधिद्वारा मसाज गरी बोसोलाई माइक्रो सिस्टमबाट पगाली सजिलै शरिरको तौल घटाइ हिप, थाई, पिडुला, पेट, हात, पाखुरा, ब्रेस्ट तथा फेसको सेप मिलाउने सेवा दिईरहेको छ । साथै ३ घण्टामै १ देखि २ केजीसम्ममोटोपन घटाउने प्रतिबद्धता कम्पनीले गरेको छ ।