साप्ताहिक संवाददाता
बर्ष २०७३ भित्रै रिलिजको तार्गेट सहित फिल्म ‘यो साईनो मायाको’ को टिजर सार्वजनिक गरिएको छ । डिजिटल कम्पनि ओएसआरले उक्त फिल्मको टिजर युट्युव मार्फत सार्वजनिक गरेको हो ।
टिजर हेर्दा कलरफूल देखिन्छ, म्युजिकल टिजरले फिल्म लभ स्टोरी जनराको रहेको बुझ्नसकिन्छ । अरुणकुमार प्रधान फिल्मका निर्देशक हुन् । मञ्जिना मुभी क्रियशनको व्यानरमा बनेको फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे लिड अभिनयमा छन् भने डिट्ठा सापको रुपमा सानो पर्दामा परिचित किशोर भण्डारी, राजु कमेडी, नवनित राज प्रधान, गौरव खतिवडा, विशाल श्रेष्ठ, प्रजिला थाला, कशिश शर्माको पनि अभिनय देख्न सकिन्छ ।
फिल्ममा संगीत कुन्दन थापा र विकेश के शंकरको छ भने मन्जिना ताम्राकारको कथा रहेको फिल्मको पटकथा निर्देशक प्रधानले लेखेका छन् । बाबुराम नेपालीले खिचेको फिल्ममा रामकुमार श्रेष्ठ, सुरेश भण्डारी, ज्ञानु रोए, विरोज ताम्राकार निर्मातामा छन् । फिल्मको सम्पादक वनिष शाह हुन् ।
फिल्म यो साईनो मायाको टिजर