साप्ताहिक संवाददाता
यहि पुष १५ गते बाट रिलिज हुने चलचित्र 'समर्पण' को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल तथा बंगलादेशमा छायाकन गरीएको चलचित्र समर्पणमा साथिभाईको कथा समाबेश गरिएको छ । चलचित्रलाई बसन्त निरौलाले निर्देशक गरेका हुन । फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा रोजन रखालको प्रस्तुतिमा चलचित्रलाई ईमरान सिद्दिकीले निर्माण गरेका हुन् ।
चलचित्रमा कैलास तामाङ, रन्जु शर्मा, रुबिना शर्मा, अनु पराजुली आशा भुषाल, रोजन रखाल, बिश्व लामा, प्रयास लामा लगायतको मुख्य भुमिका रहेको छ । टंक बुढाथोकीको संगीत रहेको यो चलचित्रमा दिब्य सुबेदी, दिनेश बान्तवा, जयकुमार दलामी मगरको छायांकन, बिश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा किम्भेको सम्पादन तथा कुमार महर्जनको एक्सन रहेको छ ।
त्यस्तै चलचित्र समर्पण युनिटले शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा नगद बीस हजार रुपैंयाँ सहयोग समेत गरिएको छ । राष्ट्रिय अपांग कोषको सहयोगार्थ उक्त रकम सहयोग गरेको हो । चलचित्रका निर्माता रोजन रखालले आफनो चलचित्रले समाजिक काममा समेत सहयोग गर्दै जाने बताउनु भयो ।
चलचित्र 'समर्पण' को अफिसियल ट्रेलर