१. लेन ड्राइभिङ, २. दायाँबाट मात्र ओभरटेकिङ तथा ३. पहिले म भन्नुको साटो पहिले तपाईं भन्ने ।
राजेश हमाल, नायक
सबै नागरिकले इमान्दारिताका साथ ट्राफिक नियम पालना गर्ने र मेन रोडहरू विस्तार गरे जस्तै भित्री बाटाहरू पनि फराकिलो हुने गरी विस्तार गर्ने हो भने यो समस्या स्वत: कम हुन्छ ।
राम केएसी, रंगकर्मी
एकैपटकमा धेरै यात्रु बोक्ने सार्वजनिक बस चलाए, बाटो विस्तार नभै निजी सवारी साधनको आयातमा रोक लगाए अनि सबैले नियमपूर्वक सवारी चलाए समस्या आफंै समाधान हुन्छ ।
अविरल थापा, लेखक
ट्राफिक लाइटको व्यवस्था र ट्रयाक रोडहरू छिटोभन्दा छिटो खोल्नुका साथै सुविधासम्पन्न सार्वजनिक सवारी चलाउने । सकिन्छ भने भूमिगत रेल सञ्चालन गरे जाम आफैं कम हुन्छ ।
प्रदीपकुमार उदय, चलचित्र निर्माता
ठूला बसलाई छेउको लेन दिनुपर्छ, सार्वजनिक बाहेकका सवारी साधनमा जोर–बिजोर नियम लागू गर्नुपर्छ, निश्चित स्पिड कायम गर्ने, धेरै मानिस अट्ने ठूला बस चलाएर साना सार्वजनिक सवारीलाई विस्थापित गर्ने, साइकल तथा पैदलयात्रुका लागि फुटपाथ सहज बनाइदिनुपर्छ, ठाउँ–ठाउँमा फ्लाइओभर बनाउन ढिलो भयो ।
कोमल वली, गायिका
साइकल प्रयोग गर्न थाले स्वास्थ्य पनि राम्रो अनि सडक जाम पनि कम हुन्छ ।
विशाल भण्डारी, म्युजिक भिडियो निर्देशक
वैकल्पिक सडकहरूको निर्माण छिटो सक्नुपर्यो ।
पवित्रा आचार्य, नायिका
नजिकको दूरीमा गाडी छाडेर पैदल हिँडनु, केही मन्त्रालयलाई राजधानीबाहिर सारे नेताहरूलाई भेट्नेहरूको लर्को कम भएर पनि जाम कम हुन्छ । नियम मिच्दा आफूलाई महान मान्ने ‘गुरुजी प्रवृत्ति’ छाड्नुपर्यो । यतिले भएन भने राति १० बजेदेखि बिहान ६ बजेसम्म त कम भएकै छ ।
प्रदीप भट्टराई, निर्देशक
नजिकको दूरीमा गाडी नचढ्ने, जहाँ पायो त्यही पार्किङ नगर्ने, गाडी किन्ने अनावश्यक रहर नपाल्ने, खोला किनारका सडकहरूको निर्माण छिटो सक्ने, ट्राफिक लाइटको व्यवस्था गर्ने, जथाभावी ओभरटेक नगर्ने । यति गरे सडक जाम केही कमचाहिँ हुन्छ ।
थानेश्वर गौतम, संगीतकार/गायक
सहरमा मेट्रो रेल र ठूला बसहरूको व्यवस्था नगरेसम्म यस्तै हो ।
भरत सिटौला, गायक
कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार चाँडो सक्नुपर्यो । अन्य व्यस्त सडकहरू विस्तार गर्ने, फ्लाइओभर छिटो बनाउने । सार्वजनिक सवारीलाई आधुनिक रूपमा व्यवस्थित गर्नुपर्यो जसले गर्दा मानिसहरू निजी छाडेर सार्वजनिक सवारी चढुन् ।
ओसिन भट्टराई, नायिका
जबसम्म सडक व्यवस्थित हुँदैन, ट्राफिक लाइट सुचारु गरिँदैन र पुराना गाडीहरूलाई हटाइँदैन, तबसम्म यस्तै हो ।
निराजन प्रधान, नायक/मोडल
चोक–चोकमा फ्लाइओभर बनाउनुपर्यो ।
रामशरण पाठक, निर्देशक
विकेन्द्रीकरण गरे । कलेजका लागि छुट्टै क्षेत्र, उपत्यकाभित्र नयाँ प्लानिङसहित नयाँ काठमाडौं बनाउने चोकहरूमा फ्लाइओभर र क्रसओभर, लेन र ट्राफिक लाइटको अनिवार्यता गरे जाम अवश्य कम हुनेछ ।
प्रमोद खरेल, गायक
सडक बढाएर होइन कि गाडीको ट्याक्स बढाएर प्रयोगमा कमी ल्याउने अनि अन्डरग्राउन्ड रेलको व्यवस्था गर्ने । स–साना गाडी पनि कम गर्नुपर्यो ।
प्रभात रिमाल, इभेन्ट व्यवस्थापक
सडक विस्तार र फ्लाइओभर आदिको निर्माण हावादारी कल्पना मात्र हो । पुराना सवारी साधनहरूको विस्थापन, नयाँ दर्तामा नियन्त्रण एवं महँगो रोड ट्याक्सजस्ता उपाय अपनाउन ढिलो भैसक्यो ।
ब्रजेश खनाल, लेखक
नदी र खोला किनारका कोरिडोर सडक निर्माणमा ढिलाइ भयो ।
जीपी तिमल्सिना, विज्ञापन व्यवसायी