साप्ताहिक संवाददाता
मंसिर २३, २०७३
काठमाडौं । पेशाले सिभिल इन्जिनियर रहेका सुमन श्रेष्ठ (संगम) पछिल्लो समय गायनमा सक्रिय छन् । हालै उनले ‘हामी साथी साथी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको यस गीतको भिडियो गायक सुमनले नै निर्देशन गरेका हुन् । यस भिडियोमा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगर, भुपेन्द्र गुरुङ, साजन राई लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
भिडियो :