साप्ताहिक संवाददाता
मंसिर २३, २०७३
चलचित्र ‘डायरी’ को भर्खरै सार्वजनिक भएको टिजरमार्फत दर्शकहरूले अभिनेत्री रेखा थापाको नौलो रूप हेर्ने मौका पाएका छन् । अभिनेत्री छुल्ठिम गुरुङको चलचित्र ‘डायरी’ मा रेखा खलनायिकाका रूपमा प्रस्तुत हुँदै छिन् । रेखा डायरीमा हातमा सिगार लिँदै गुन्डाहरूको नेतृत्व गर्ने भूमिकामा देखा पर्छिन् ।
चलचित्रमा सन्नी सिंह तथा छुल्ठिम नायक–नायिकाको भूमिकामा छन् । आफ्ना अधिकांश चलचित्रमा नायकभन्दा सशक्त भूमिकामा प्रस्तुत हुँदै आएकी रेखाले ‘डायरी’ नकारात्मक भूमिका निर्वाह गरेको त पक्का भैसकेको छ, सधैं सकारात्मक भूमिकामा अभिनय गर्ने रेखालाई दर्शकले कत्तिको रुचाउने हुन्, हेर्न बाँकी नै छ । यो चलचित्र आगामी चैतमा प्रदर्शनमा आउने बताइएको छ ।