साप्ताहिक संवाददाता
२७ औं सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ४२ लाख ५४ हजार नगदसहित बेस्ट एसियन फिचर फिल्मको उपाधि पाएपछि चलचित्रले नेपाली सञ्चार जगत्मा राम्रै चर्चा पाएको छ । दीपक रौनियारले निर्देशन गरेको यो चलचित्रले भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, टोरोन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, बुसान चलचित्र महोत्सव, फिल्म फोरम द साउथ, नर्वे तथा जिओ मामी मुम्बई चलचित्र महोत्सवमा पनि सहभागिता जनाइसकेको छ ।
माओवादी जनयुद्धताका नेपालको एक दुर्गम पहाडी गाउँमा अस्वाभाविक मृत्यु भएका आफ्ना बाबुको अन्तिम संस्कारका लागि सामाजिक तथा राजनैतिक बाधा उत्पन्न भएपछि युवक चन्द्रले भोगेको समस्या तथा समाजसँग उनको विद्रोहमा आधारित सेतो सूर्य आज शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।
निर्देशक : दीपक रौनियार
संगीत : विवेक मडाला
कलाकार : दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, अमृत परियार आदि ।
सेतो सूर्यको अफिसियल ट्रेलर