साप्ताहिक संवाददाता
कस्तो हुनु हजुर, जनतालाई अपच भयो ।
कमल
जनतालाई गुमराहमा पार्ने उपाय ।
रमेश कँडेल
सरकार जेका लागि बनेको थियो त्यही गर्दैछ । जनताको चाहना, माग जाए भाड्मे बस् प्रभुलाई खुसी पार्न पाए भयो ।
तिखे
कागलाई बेल पाक्यो हर्ष न विस्मात । यद्यपि प्रदेश टुक्र्याउँदा भोलि पहाड र हिमाललाई नाकाबन्दी गर्ने हुन् कि ?
दीपेन
दूधवाला चियामा कागती निचोरेर खाएजस्तो ।
औतारी
म हजुरबाहरूको राजनीति देखेर वाक्क छु । यो विधेयक–सिधेयक सलाई कोरेर जलाइदिए टन्टै साफ ।
संग्राम
झुर ।
सुरज
ड्राइभर हुँदाहँुदै खलासीले चलाउला त संसद् ?
विवेक राई
नराम्रो ।
युवराज
अब धेरै दिन छैन, हामी नेपाली भएर जिउन ।
हरिराम
नेपालमा संविधान संशोधन गरे पनि नगरे पनि यसको कार्यान्वयन कसैले गर्दैनन् ।
टीकाप्रसाद
बाँदरको हातमा नरिवलजस्तै ।
टीका
पाँच विकास क्षेत्रलाई नै मान्यता दिए हुन्छ । अर्काे कुनै फेरि सीमांकन आवश्यक छैन ।
नवीन रिमाल
अहिले संसद्मा पेस गरिएको संशोधन प्रस्ताव जनभावनाविपरीत छ । त्यसैले यसलाई फिर्ता गरेर दलहरू सहमतिमा जानुको विकल्प छैन ।
अनिशा दाहाल
नेपाल र नेपालीको आँखामा धूलो झोकेर प्रभुलाई खुसी बनाई सत्तामा केही दिन भए पनि टिक्न पाइन्छ कि भनेर उनीहरूको आदेश सिरोपर गरे जस्तो लाग्यो ।
टेकप्रसाद घिमिरे
यो राजनीति भन्ने कुराले हामी सबैको टाउको खायो । अहिले प्रतिपक्ष स्वार्थको राजनीतिमा छ । यसले समस्या समाधान गर्दैन ।
लेखनाथ लावती
सीमांकन संशोधन गर्नु हुँदैन ।
शैलेन
कसका लागि यो सब काम हुँदैछ ? बुझ्न गाह्रो भयो । कसैको इसारामा यो नाटक मञ्चन हुँदैछ ।
श्रीमान् विकास
जनमत नबुझी, आफ्नो सत्ता टिकाउन ल्याइएजस्तो लाग्यो संविधान संशोधन प्रस्ताव विधेयक ।
ऋषिराज
खै त्यो संशोधन विधेयकको कागज यता लेऊ त, म यो जाडोमा त्यसलाई जलाएर आगो ताप्छु ।
निशान एलिसा
पद जोगाउने खेल हो । यो जस्तो देशघाती काम अरू हुनै सक्दैन ।
लालबहादुर
जे छ ठीक छ ।
लक्ष्मण खत्री
ठीक छैन ।
विक्रम ठकुरी
जनतालाई भ्रममा पारेर देश हितविपरीत गर्न लागिएको काम ।
मास्टरको ज्वाइँ
मैले त यो प्रस्तावमार्फत देश नै विघटनतिर जाने सम्भावना देखें ।
रामचन्द्र
सरासर गलत प्रस्ताव हो ।
कुलराज
मलाई त सही लाग्यो ।
सुदीप राई
राष्ट्रघाती लाग्यो ।
लीलाराज भट्टराई
प्रस्ताव त राम्रै हो ।
गोपी तामाङ
कागलाई बेल पाक्यो हर्ष न विस्मात †
सुनिल शाही
मलाई त ठीक लागेन ।
राजेश खत्री
यसलाई स्वागत गर्न सकिँदैन ।
निराजन श्रेष्ठ, विष्णु श्रेष्ठ
नेपालको नाम नै रहँदैन कि जस्तो लाग्छ ।
तीर्थराज गिरी
देशको राजनीति ठीक हुन्छ, मधेसीहरू सहमतिमा आउँछन् भने यो कुन ठूलो कुरा हो र ?
कुमार राई