साप्ताहिक संवाददाता
गत साता मात्र नायिका नीता ढुंगाना नायिका रहेको चलचित्र ‘तँ म र ऊ’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले दर्शक पाएन । आज शुक्रबार नीता नै नायिका रहेको अर्को चलचित्र ‘पार्सल’ प्रदर्शनमा आउँदैछ । सहरबाट गाउँमा वा गाउँबाट सहरमा, विदेशबाट देशमा वा देशबाट विदेशमा आफन्त तथा इष्टमित्रलाई कोसेलीस्वरूप पठाइने पार्सलमा आधारित भएर चलचित्र ‘पार्सल’को निर्माण भएको छ ।
बिदेसिएका एक युवाले परदेशमा दु :ख गरेर कमाएको पैसाले खरिद गरेर घरमा पठाएको पार्सलका कारण उत्पन्न हुने समस्या नै चलचित्र ‘पार्सल’ को मूल विषय हो । काठमाडौंसहित पूर्वको पाथीभरा मन्दिर, चतरा, इलाम, धरान, महेन्द्रनगर आदि स्थानमा छायांकन गरिएको चलचित्र पार्सलमा
भविष्यको सुन्दर सपना बोकेर विदेश पैसा कमाउन जाँदा त्यतै मृत्यु भएर बाकसमा लास पार्सल भएर आएपछिको अवस्थासमेत समेटिएको छ ।
निर्देशक : रविन श्रेष्ठ
संगीत : विकास चौधरी
कलाकार : किशोर खतिवडा, नीता ढुंगाना, विक्रम सिंह, प्रभु श्रेष्ठ आदि ।
'पार्सल' को अफिसियल ट्रेलर