साप्ताहिक संवाददाता
मंसिर २५, २०७३
अर्जेन्टिनामा समुद्र सतहभन्दा ४ हजार मिटर उचाइमा एन्डिज पर्वतश्रृंखलामा गुड्ने रेललाई ट्रेन टु द क्लाउड भनिन्छ । यो रेल्वे संसारकै सबैभन्दा अग्लो रेल्वेमध्ये एक हो । यो रेल्वेको विशेषता के हो भने खास–खास ठाउँमा यो रेल बादलको बीचबाट ग्रुजन्छ ।
यो रेल अर्जेन्टिनाको सिटी अफ साल्टा (१ हजार १ सय ८७ मिटर) बाट प्रारम्भ भएर ला पोल्वोरिला भियाडक्ट (४ हजार २ सय मिटर) मा समाप्त हुन्छ । यो रेलले १६ घण्टाको यात्रा अवधिमा २ सय १७ किलोमिटर दूरी तय गर्छ । यस अवधिमा रेलले २९ पुल तथा २१ वटा सुरुङबाट गुज्रिनुपर्छ ।
यो रेल्वेको निर्माण सन् १९२० मा गरिएको थियो भने यसका डिजाइनर तथा निर्माण नियन्त्रक रिचर्ड फोन्टेन मुरे थिए ।