साप्ताहिक संवाददाता
नब निर्देशक बिशेष पन्तको चलचित्र पशुपति यात्रा को शुभमुहुर्ते भद्रकाली मन्दिरमा सम्पन्न भएको छ । यथार्थपरक नेपाली जनजीवन कहानीमा आधारित नेपाली कथानक चलचित्र पशुपति यात्रा अब छायांकन सुरु हुने भएको छ ।
मानिसको जीबन मरणको यथार्थ कहानीलाई पर्दा मार्फत दर्शक श्रोता माझ पुर्र्याउने उद्देश्यले यो चलचित्र बनाउन लागिएको निर्देशक तथा चलचित्र लेखक बिशेष पन्तले बताए । शुभमुहर्त कार्यक्रममा हास्यकलाकार महादेब त्रिपाठी, सूरबीर पंडित, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, ध्रुब बिस्को, राजीब धमला, नब नायिका सिम्पल खरेलको उपस्थिति रहेको थियो ।
चलचित्र पशुपति यात्रा फिल्मको लेखन विशेष पन्तले गरेका हुन् भने यस चलचित्रमा हास्य कलाकार सुरेन्द्र केसी, सूरबीर पंडित, राम चन्द्र अधिकारी, चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, रेसम फिरिरी, सुरजनी केसी, संदीप सेन्चुरी, प्रेरणा महर्जन, लक्ष्मि श्रेष्ठ, शीतल केसी, राजेन्द्र गिरी, जीबन लामा, मोहन बिक्रम श्रेष्ठ, राजु सिंह, राहुल बराईली, सुदर्शन ढकाल, अन्जु थापा, बाल कलाकार आस्रिनि लामा, आशीष लामा र सागर गैरेको चलचित्रमा अभिनय रहने भएको छ । याक इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको
यस चलचित्रका निर्माता मधुर बस्नेत रहेका छन् भने यस चलचित्रका छायांकन पनि निर्माता स्वयं बस्नेतले नै गर्ने भएका छन् ।