साप्ताहिक संवाददाता
मंसिर २७, २०७३
मानिस जति नै दु:खी भएपनि सपना र लक्ष्य सबैको एउटै हुन्छ । संसार छाडेर जाँदा रित्तो हात जानुपर्छ । गायक राजीव लामाले यस्तै भाबको गीत पप गीत ‘वन लभ’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् । यो उनको दोस्रो भिडियो हो । यसअघि उनले 'जाउ जाउ साथी रेलैमा' भन्ने गीतको भिडियो बजारमा ल्याएका थिए ।
'द बेसमेन्ट' को प्रस्तुती रहेको यस गीतमा राजीव लामाको स्वर रहेको छ । ‘गीत संगीत माफर्त जीवन रमाइलोसंग बिताउँ भन्ने उद्देश्य हो ।’ राजिब सुनाउँछन्, ‘यस गीत मार्फत प्रेम भाब दर्शाएको छु ।’
यस भिडियोको निर्देशन बिशेष पाण्डे र मर्कु दिपबिमले गरेका हुन् । बसन्तपुर, ठमेल र चोभारमा छायांकन गरिएको यस भिडियोमा राजिब लामा र ब्याटल फ्युजनका कलाकारहरुको अभिनय रहेको छ ।
‘वन लभ’ को म्युजिक भिडियो