साप्ताहिक संवाददाता
रंगकर्मबाट चलचित्र क्षेत्रमा आउने अधिकांश कलाकार अभिनयमा सफल भएका छन् । दयाहाङ राईदेखि सौगात मल्लसम्मका कलाकार नाटकबाट चलचित्रमा आएर यही क्षेत्रमा हावी भैरहेका छन् । तिनै कलाकारलाई पछ्याउँदै एउटी नयाँ अनुहार चलचित्र क्षेत्रमा आएकी छिन् । पहिलो प्रयासमै निर्देशक तुलसी घिमिरेको साथ पाएकी ती कलाकार हुन्— श्रद्धा प्रसाईं ।
कक्षा ५ मा अध्ययरत छँदै थिएटरमा अभिनय गर्न थालेकी श्रद्धाले चलचित्र ‘दर्पण छायाँ–२’ मा अनुबन्ध हुनुअघिसम्म दर्जनौं नाटकमा अभिनयका साथै केही नाटक निर्देशनसमेत गरेकी छिन् । निर्देशक घिमिरेसँग काम गर्दा चलचित्रको छायांकन कहिले प्रारम्भ भयो र कहिले सम्पन्न भयो भन्ने कुराको समेत पत्तो नपाएको बताउने श्रद्धा दर्पण छायाँपछि चलचित्र ‘रोमियो’ मा सक्रिय हुनेछिन् । खगेन्द्र लामिछाने, प्रदीप खड्का तथा आकाश श्रेष्ठ जस्ता अभिनेतासँग अभिनय गर्ने धोको बोकेकी श्रद्धाले भविष्यसम्म पनि अभिनयमै सक्रिय हुने निर्णय गरेकी छिन् ।