साप्ताहिक संवाददाता
चलचित्र ‘डायरी’ आउँदो चैत्र ११ मा रिलिज हुने भएको छ । यस चलचित्रमा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् ।
फिल्म ‘नोभेम्बेर रेन’ मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै चलचित्र मार्फत निर्मात्री बनेकी छिन् । यसमा रेखा भिलेनको रुपमा देखिएकी छिन् । पछिल्लो समय राप्रपा नेपालमा प्रवेश गरेसंगै चर्चामा आएकी रेखालाई दर्शकले यस चलचित्रमा पहिलो पटक भिलेनको अवतारमा देख्न पाउने छन् ।
चलचित्रमा बिनोद पौडेल, दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ । छेतेन गुरुङको कथा रहेको यस चलचित्रलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रलाई उपत्यकामा गोविन्द शाहीले वितरण गर्नेछन् ।