साप्ताहिक संवाददाता
नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबका रूपमा चिनिने पाको, न्युरोडलगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघले एकआपसमा एकीकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरूको सबैभन्दा ठूलो र पुरानो संस्था हो । संघमा हाल ५ सयभन्दा बढी रिटेलरको आबद्धता छ ।
संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ता, वितरक तथा रिटेलरहरूलाई संघमा समेटेर भविष्यमा महासंघ गठन गर्ने र संघले मोबाइल व्यवसायलाई वृद्धि तथा प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने बताए । यसै क्रममा संघले अन्तर्राष्ट्रिय स्तरको मोबाइल महोत्सव गर्ने भएको हो । नयाँ वर्ष २०१७ को अवसर पारेर पाको, न्युरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा उक्त मोबाइल महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव पुस १३ गतेदेखि १९ गतेसम्म आयोजना हुनेछ, जसमा ग्राहकहरूले समान मूल्यमा सिल प्याक गरिएका गुणस्तरीय उत्पादनहरू प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दीप मानन्धरले बताए । यो महोत्सव नेपालमा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सव हुने बताइएको छ । महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरूमा फुड जोन, किड्स जोन, गेमिङ जोनजस्ता आकर्षणसहित हरेक मोबाइलको खरिदमा विशेष छुट दिइने बताइएको छ ।