साप्ताहिक संवाददाता
चलचित्र ‘मेरो देश’ रिलिजको मिति घोषणा गरेको छ । प्रजातन्त्र दिवसको अबसर पारेर आगामी फागुन ६ गतेको रिलिज गर्ने तयारी गरेको यस चलचित्रको टिजर र पोस्टर सार्बजनिक गरिएको छ ।
भक्तपुर, काभ्रे पलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बाराका दृष्यहरू कैद गरिएको यस चलचित्रलाई देव नेपालले निर्देशन गरेका छन् ।
ब्रोसीस ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रमा निशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, नीर शाह, धु्रब कोईराला, पुष्पा पाण्डे, एकराज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायत कलाकारहरू मुख्य भुमिकामा रहेका छन् । चलचित्रमा निर्माता सुरेनले लेखेको चार वटा गीत समाबेश छन् । गीतमा बीबी अनुरागीको संगीत छ ।
रामजी लामिछाने र एलीजा प्रधानको कोरीयोग्राफी छ । चलचित्रको बितरण काठमाण्डौं उपत्यकामा बालाजी फिल्मस् सुनील मानन्धर र उपत्यका बाहिर एफडी कम्पनीले गर्न लागे कार्यकारी निर्माता उदय सापकोटाले बताए ।
चलचित्र ‘मेरो देश’ को अफिसियल ट्रेलर