साप्ताहिक संवाददाता
पत्रकार सविन प्रियासनको चौथो उपन्यास ‘पल्लवी’ मा तरकारीवालीको नामले परिचित कुसुम श्रेष्ठको तस्विर राखिएको छ । दाङको घोराहीमा पुसको पहिलो साता आयोजना हुन हुन लागेको राष्ट्रिय शैक्षिक महोत्सवमा पल्लवी उपन्यासको विमोचन हुन लागि रहेको हो । विएन पुस्तक संसारले प्रकाशन गर्न लागेको पल्लवी सामाजिक विषयबस्तुमा आधारित छ ।
सन्देशमुलक यस उपन्यासको कभरमा तरकारीवालीसंगै 'लिटल मिस दाङ–२०१६' की पपुलर ८ वर्षीया ऋङ्खला बुढाथोकीको तस्विर पनि राखिएको छ । समाजका घटनाहरुलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको प्रियासनले जानकारी दिए । यसै मंसिर ३० गतेदेखि पुस ६ गतेसम्म दाङमा शैक्षिक महोत्सव हुन लागि रहेको छ ।
राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार समेत रहेका प्रियासनले यस अघि पुनरागमन, भुमरी, रोदनपछि प्रकाशित छन् । २ सय ५६ पृष्ठको पल्लवी को मुल्य ३ सय २५ रुपैंयाँ राखिएको छ ।