साप्ताहिक संवाददाता
काठमाडौ । पुसको पहिलो साता आयोजना हुने ‘रन वे मोडल २०१६’ का सहभागीहरु अहिले प्रतिभा निखार्न व्यस्त छन् । बिभिन्न अडिसनबाट छानिएका २० युवा र १५ युवती प्रतियोगी अन्तिम स्पर्धाका लागि अहिले प्रशिक्षणमा जुटेका हुन् ।
रन वे नेपालको आयोजनामा हुन लागेको प्रतियोगीता मोडलिङप्रति रुचि भएका युवायुवतीको प्रतिभा प्रस्फुस्टन गराउँने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको रन वे नेपालकी प्रमुख चाँदनी लामिछानेले जानकारी दिईन् । प्रशिक्षणको क्रममा प्रतियोगीले ब्यक्तित्व विकास, रन वे नलेज, सेल्फ ड्रेस अप, फोटो सुट, सेलिब्रेटी गेष्ट क्लास (अभिनेता, अभिनेत्री तथा मोडल र मिडिया पर्सनबाट), पब्लिक स्पिकिङ, ग्रुमि सेसन, अन्तरवार्ता सेसनलगायतका बिषयमा ज्ञान हासिल गरिरहेका छन् ।
फाइनल हुने प्रतियोगिताको विजेताले विभिन्न पुरस्कारका साथमा चलचित्र, म्युजिक भिडियो र विज्ञापन चलचित्र अभिनय अवसर पाउने छन् । प्रतियोगितामा शीर्षसहित एक दर्जन विधामा बिजेता घोषणा गरिनेछ ।