साप्ताहिक संवाददाता
एन्ड्रोइड स्मार्टफोनमा धेरै कारणले वाइफाइ सुस्त हुन्छ । वाइफाइको गति सुस्त भए निम्न उपाय अपनाएर त्यसलाई छरितो बनाउन सकिन्छ ।
एपको माध्यमबाट : फोनमा वाइफाइको स्पीड बढाउन गुगल प्ले स्टोरमा थुप्रै एप्स उपलब्ध छन् । वाइफाइ बुस्टर नामक एपको माध्यमबाट फोनको वाइफाइको गतिलाई छरितो बनाउन सकिन्छ । यो एपले प्रयोगकर्तालाई ग्राफको माध्यमबाट कुन स्थानमा वाइफाइको रेन्ज बलियो छ भन्ने कुरा देखाउँछ । यसबाहेक यो एपमा भएको म्यानुअल एवं अटोमेटिक अप्सनमा गएर पनि वाइफाइको गति वृद्धि गर्न सकिन्छ ।
सेटिङ : एन्ड्रोइड स्मार्टफोनमा खराब वा सुस्त कनेक्सन हटाउन सकिने विकल्प हुन्छ, फोनको वाइफाइ अन गरेर नेटवर्क सर्च गरी त्यस्ता विकल्प प्रयोग गरे खराब वा सुस्त नेटवर्कमा वाइफाइ कनेक्ट हुँदैन । यसका लागि फोनको सेटिङमा गएर वाइफाइमा जाने र Advance मा Avoid Poor Connection मा ट्याप गर्नुपर्छ ।
फोन केस : धेरै जसो फोन केसले वाइफाइको सिग्नल कम गर्छन् । यसमा पनि खासगरी धातुबाट बनाइएका फोन केसले सिग्नल कम गर्छन् । यो समस्यामा स्पीड परीक्षण गरेर केस हटाउँदा र लगाउँदा स्पीडमा देखिएको भिन्नता अनुभव गरेर त्यस्ता केस परिवर्तन गर्नुपर्छ ।
फ्रिक्वेन्सी ब्यान्ड : सेटिङमा गएर वाइफाइमा जाने तथा Advance मा गएर वाइफाइ फ्रिक्वेन्सी ब्यान्डमा ट्याप गरेर अटो मोडमा सेभ गर्नुपर्छ ।