साप्ताहिक संवाददाता
गत शुक्रबार श्रीलंकामा सम्पन्न हेरिटेज प्योजन्टको तेस्रो संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी आश्रा कुँवरले मिस तर्फ 'पिस एम्बेसडर' तथा सृजना पुनले मिस टिन तर्फ 'टुरिजम एम्बेसडर' को अवार्ड जित्न सफल भएका छन् ।
उक्त प्रतिस्पर्धामा आश्राले 'इन्भारोमेन्टल एम्बेसडर' अवार्डतर्फ सिल्भर मेडल पनि हात पारेकी थिइन् भने सृजना पूनले आफ्नो उमेर समूह अन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेस तर्फ क्रमश: सिल्भर तथा ब्रोन्ज मेडल जितेकी छिन् । मिसेस् समूह तर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूह अन्तर्गतको इन्भारोमेन्ट र टुरिजम ड्रेस तर्फ गोल्ड मेडलमा सफलता हात पारेकी छिन् ।
यसै गरी मन्जुले इन्भाइरोमेन्टल एम्बेसडर तर्फ 'सिल्भर तथा वेष्ट टुरिजम भिडियो' र 'कल्चरल एम्बेसडर तर्फ ब्रोन्ज मेडलमा आफ्नो नाम दर्ता गरिन् । ग्रिन आर्ट मिडियाकी अनिला श्रेष्ठको संयोजनमा नेपाली प्रतियोगीहरुले सहभागिता जनाएका थिए । इभिनिङ गाउन, नेसनल फ्ल्याग ड्रेस र नेसनल कस्ट्युम राउन्ड गरी तीन चरण र अन्तत: प्रश्न उत्तर चरणको मुल्यांकनपछि विजेता चयन गरिएको सो प्रतिस्पर्धा ईप्लानेट प्रा.लि.को आयोजना र नेपालका कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।
ग्राण्ड फिनालेमा ट्रिनिडाड एण्ड टोबागोका जेनिली थोङ 'मिस हेरिटेज', जिम्बेबावेकी हिलारी मकाया 'मिस टिन हेरिटेज' तथा म्यानमारकी जेड पेडल 'मिसेस् हेरिटेज इन्टरनेसनल २०१६' का विजेताका रुपमा चयन भएका थिए । प्रतियोगितामा दक्षिण अफ्रिकाकी रेबेका र रसियाकी युलियाना पोपोभिच मिस समूहबाट क्रमश: फस्र्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए भने तान्जानियाकी सेसेलेर गडफ्रि र म्यानमारकी एइ थिन्जार म्यो टिन समूहबाट क्रमश: फस्र्ट तथा सेकेन्ड रनर अप घोषित भएका थिए । यसैगरी ट्रिनिडाड एण्ड टोबागोकी क्यारी एन र भारतकी मृनाल गाइक्वाड मिसेस् समूहतर्फ क्रमश: फस्ट तथा सेकेन्ड रनर विजेता घोषित भएका थिए ।