हालै फिलिपिन्सस्थित भेगान कन्भेन्सन सेन्टरमा संचालन भएको पहिलो संस्करणको मिष्टर टुरिजम वल्र्ड २०१६ प्रतियोगितामा नेपाली प्रतिनिधि सर्ज संगीत श्रेष्ठलाई फस्र्ट रनर अप स्थानमा सफलता प्राप्त भएको छ ।
संगीतले प्रतियोगितामा डार्लिङ अफ प्रेस विधाको अवार्ड पनि हात पारेका छन् । हेटौंडा निवासी संगीत यस अघि सन् २०१२ को मिष्टर नेपाल प्रतियोगितामा पनि फस्र्ट रनर अप विजेता बनेका थिए । फेसनमान्डूका ब्रान्ड एम्बेसडर समेत रहेका संगीतले संचार क्षेत्रमा पनि अनुभव संगालेका छन् । मिष्टर टुरिजम वल्र्ड २०१६ का विजेता भने म्यानमारका ये टु विन बने । उनले मुख्य उपाधि बाहेक मिष्टर स्पीकर, मिष्टर सोसल मिडिया तथा मिष्टर स्टाइल एण्ड फेसनको अवार्ड पनि जित्न सफल भए ।
प्रतियोगितामा ब्राजिलका टिज इमिलियानो सेकेन्ड रनर अप तथा फिलिपिन्सका कियान सुमाक थर्ड रनर अप घोषित भए भने थाइल्याण्डका खुनफान सुफाचोक फोर्थ रनर अप विजेता बने । मिष्टर इको वल्र्ड २०१६ को विशेष अवार्ड भने भियतनामका हिन मारियोले जिते ।