साप्ताहिक संवाददाता
मंसिर ३०, २०७३
जाडोमा धेरैको ओठ फुटछ, यसबाट जोगिन लिप वाम, लिप जेल तथा लिप गार्ड लगाउनुपर्छ ।
चिसोका कारण अनुहारमा फुस्रो तथा सेतो दाग देखिन सक्छ । यसबाट जोगिन दिनमा दुई पटक रिच मोस्चराइजिङ क्रिम लगाउनु उपयुक्त हुन्छ ।
समय–समयमा फेसियल गराउँदा पनि अनुहारको छाला चम्किलो रहन्छ ।
जाडो मौसममा तातो पानीले केश नुहाउँदा केश झर्ने तथा चाया पर्ने समस्या उत्पन्न हुन्छ । त्यसैले केशलाई चिसो वा मन तातो पानीले धुनु उपयुक्त हुन्छ ।