मेष
लगनशीलताका कारण ओझेलमा परेका कतिपय अवसर हात पार्न सकिनेछ । आफन्तजनबाट झमेलारविवाद आइलाग्न सक्छ, सचेचता अपनाउनुहोला । राजनीति तथा सामाजिक सेवातर्फ रुचि बढाउनुमा आफ्नो कल्याण छैन । साताको अन्त्यमा सुखद प्रेमप्रसंगलाई भ्रमणमा परिणत गर्दै रमाइनेछ ।
वृष
प्रतिस्पर्धाबाट प्राप्त सफलताले चर्चासहित पुरस्कारसमेत दिलाउनेछ । आफ्नो निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ काममा लगानी हुने सम्भावना छ । अचानक प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । हतारमा गरिएको कामले उल्टो परिणाम दिने देखिन्छ ।
मिथुन
व्यवसायका सिलसिलामा विदेशी भूमिमा पाइला टेक्दै फाइदामूलक काममा लगानी गर्ने अवसर जुट्न सक्छ । नयाँ कार्य प्रारम्भ गरी पर्याप्त धनआर्जन गर्न सकिनेछ । सुन्तला रंगको पहिरनमा ठाटिँदा आलोचकहरू लोभिनेछन् । बुधबारपछिका दिनमा कार्य सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ ।
कर्कट
मनोरञ्जक साता रहनेछ, तर वादविवादबाट टाढै रहनुहोला । अचानक साथीको मन परिवर्तन हुँदा आफूलाई मर्का पर्नेछ । इँटा रंग प्रयोग गर्न सके प्रायस् काममा आकर्षकको केन्द्र भइनेछ । नातेदारहरूले कारोबारमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला ।
सिंह
बिनायोजना महँगा सामग्री खरिद गर्दा हुने खर्चले पिरोल्न सक्छ । प्रेमिकासँगको उठबसलाई लिएर आलोचित भइनेछ । मित्रवर्गबाट आफूले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ । सकेसम्म लाभ लिने प्रयास गर्नुहोला । साताको अन्त्यतिर दान–पूण्यमा सहभागी हँुदा परिवारकै कल्याण हुनेछ ।
कन्या
आकर्षक पहिरनले अरूको मन लोभ्याउनेछ । पर्यटकीय क्षेत्रको काममा आनन्द मिल्नेछ । योग तथा शारीरिक व्यायामका कारण मानसिक तनावबाट मुक्त भइनेछ । पारिवारिक सहयोगमा समस्या पन्छाउन सकिनेछ । चिसोबाट स्वास्थ्य जोगाउने चेष्टा गर्नुहोला ।
तुला
परिणाममुखी कार्य सम्पन्न गर्न अझ केही समय कुर्नुपर्नेछ । सेतो रंगको प्रयोगले विशेष फाइदा दिलाउनेछ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग लगानी गर्न ढिला नगर्नुहोला । अचानक प्रेमप्रस्ताव आइलाग्न सक्छ । परिवारिक सुझावअनुरूप निर्णय लिनुपर्नेछ ।
वृश्चिक
कसैले आफूलाई भित्रभित्रै मन पराएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी पाइनेछ । अनुभवी ज्येष्ठ व्यक्तिको संगतले अप्ठ्यारो परिस्थिति पहिचान गरी समस्या सुल्झाउन सफल भइनेछ । अर्काको बढी विश्वास गरी गोप्य सूचना बाहिरिँदा समस्या आइलाग्न सक्छ । राति अबेरसम्मको यात्राले फाइदा पुर्याउनेछैन ।
धनु
अध्ययनका निम्ति विदेश जाने सोच छ भने अपेक्षा गरेको नतिजा हातलाग्न केही समय कुर्नुपर्नेछ । तपार्इंलाई मन पराएको प्रस्ताव आए पनि हतार नगरी निर्णय गर्नुहोला । आफ्नो पहिचानलाई उजिल्याउन सकिन्छ । साताको अन्त्यमा शारीरिक कष्टले सताउन सक्छ ।
मकर
अन्योलका बीच विशिष्ट व्यक्तिको सुझावअनुरूप सकारात्मक मार्ग पहिल्याउन सकिनेछ । आफूभन्दा उच्च ओहदाका व्यक्तित्वले आफ्नो कार्यलाई सकरात्मक रूपमा लिनेछन् । पर्याप्त परिश्रमका बाबजुद शिर तथा आँखासम्बन्धी समस्याले सताउँदा धन खर्च हुने सम्भावना छ । घरायसी व्यवहारमा विशेष होस पुर्याउनुपर्नेछ ।
कुम्भ
साथीहरूको भनाइमा भर पर्दा अवसरहरू फुत्किन सक्छन्, समयमै कार्य सम्पन्न गर्नुहोला । प्रेमिकाबाट उपहार प्राप्त हुँदा हर्षले गद्गद भइनेछ । भोजभतेरमा सहभागी हुँदा आफ्नो सरसामानप्रति निगरानी राख्नुहोला । तीव्र गतिमा सवारी चलाउँदा नोक्सान बेहोर्नुपर्ने हुनसक्छ ।
मीन
प्रेमी–प्रेमिकाबीचको भावी योजना संकटमा पर्न सक्छ । अभिभावकको सुझावअनुसार अघि बढ्दा समस्या निवारण हुन सक्छ । अर्काको देखासिकी नगरी आफ्नो हैसियतअनुरूप व्यवहार गर्नु मै आफ्नो हित छ । रातो रंगको प्रयोगले अवसर नजिक पुर्याउन सक्छ ।