साप्ताहिक संवाददाता
पुस १, २०७३
असहाय तथा अनाथ बालबालिकाका लागि काम गर्दै आएको घर आँगन नेपालको सहयोगका लागि गायक–गायिका तथा कलाकारहरू सुगम पोखरेल, विजय लामा, प्रमोद निर्वाण (म्युजिक लिंक), हेमन्त राना, प्रेम लामा, विश्व नेपाली, मिङग्स लामा, डिजे जेनीले आज शुक्रबार साँझ पुतलीसडकस्थित स्टारमलको पलेँटी ब्याङक्वेटमा लाइभ कन्सर्ट दिँदैछन् । सेलिब्रेटी म्युजिकल नाइटमा सहभागी हुने कलाकारहरूमा अधिकांशले घर–आागन नेपालको सहयोगका लागि पारिश्रमिक नै नलिइ सहभागिता जनाउने प्रतिबद्धता जनाएको आयोजक जित लामाले बताएका छन् । कन्सर्टबाट आउने आम्दानी सबै घर आँगन नेपालको सहयोगका लागि खर्च गरिने सहआयोजक किशोर घिमिरे बताउँछन् ।