साप्ताहिक संवाददाता
पुस १, २०७३
रङ पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको ‘तिमीनै मेरो ’ बोलको पप म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।
सिड्नीको मनोरम दृश्यमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोमा ‘जंग बहादुरको कोट’की अभिनेत्री तथा मोडल शुभाङी कोईराला र नयाा अनुहार सुरज कुवँरको प्रेमलाई पर्दामा देखाईएको छ ।
रिसाएकी प्रेमिकालाई फकाउन गरिने प्रयास र त्यसपछिको प्रेममय जीवनलाई भिडियोमा प्रस्तुत गरिएको छ । उक्त गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारको संगीत रहेको छ ।
सार्बजनिक म्युजिक भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । भिडियोले युट्युबमा समेत सकरात्मक प्रतिकृया पाईरहेको छ ।
भिडियो :