साप्ताहिक संवाददाता
पुस २, २०७३
अस्ट्रेलियाको सिड्नीमा अंग्रेजी नया वर्ष सन् २०१७ अर्थात् नया बर्षलाई लक्षित गर्दै ‘क्रिसमस डान्स पार्टी’ हुने भएको छ । नया बर्षलाई लक्षित गर्दै आयोजना हुने कार्यक्रम मध्यकै एक हो यो । तर यसमा नेपालीपन पाइने आयोजकले बताएका छन् ।
प्रवासमा रहेका नेपालीलाई अन्य भाषाको गीतसंगीतसंगै नेपाली गीतसंगीतमा झुमाउने उदेश्य आयोजकको रहेको छ । कलिउड क्लबको आयोजनामा आउदो डिसेम्बर २३ मा यो क्रिसमस पार्टी हुनेछ । साझको ७ बजे देखि १२ बजेसम्म चल्ने यस पार्टीमा इन्ट्री पाउन अस्ट्रेलियन ३५ डलर खर्चिनु पर्नेछ ।