साप्ताहिक संवाददाता
पुस ३, २०७३
अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा तस्बिर अपलोड गर्नेबित्तिकै पाउने पहिलो प्रतिक्रिया हो ‘सेक्सी’ अर्थात कामुक । अधिकांश प्रशंसकले आफ्नो सुन्दर तस्बिरमा सेक्सी भनेर प्रतिक्रिया दिन थालेपछि हालै प्रियंकाले सेक्सी शब्दलाई आफ्नै तरिकाले परिभाषित गरेकी छिन् ।
सामाजिक सञ्जाल ट्विटर तथा इन्स्टाग्राममा आफ्नो तस्बिर पोस्ट गर्दै प्रियंकाले सेक्सीको परिभाषा दिएकी हुन् । प्रियंकाले आफ्नो स्ट्याटसमा भनेकी छिन्— ‘राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल (मन) हो ।’ प्रियंकाको यो परिभाषा उनका प्रशंसकले चित्त बुझाउने हुन् कि होइनन्, हेर्न बाँकी नै छ ।