साप्ताहिक संवाददाता
नातिकाजी स्मृति समाजको आयोजनामा संगीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा आइतबार राजधानीमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सुगम संगीतको आधार स्तम्भका रुपमा संगीत महर्षि नातिकाजीको नाम युगौयुग रहिरहने बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ संगीतकार दीपक जंगम, प्राज्ञ उन्नति बोहरा शीला, हिरण्य भोजपुरे, नेपाल नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त), बरिष्ठ गीतकार विश्वम्भर प्याकुरेल, बरिष्ठ गीतकार विश्व वल्लभ, बरिष्ठ गीतकार राजेन्द्र थापा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, नरेन्द्र खडका, उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नातिकाजी सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ ।