साप्ताहिक संवाददाता
पुस ५, २०७३
लेबनानका तीन समूहले तयार पारेको स्यान्डविचलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले सर्वाधिक लामो स्यान्डविचका रूपमा दर्ता गरेको छ । बेरुतमा सन् २०११ मा तयार पारिएको उक्त स्यान्डविच ७ सय २५ मिटर लामो थियो । उक्त स्यान्डविचलाई ६ सय ३९ जनाले २२ घण्टा लगाएर तयार पारेका थिए । उक्त स्यान्डविचको तौल ५ सय ७७ किलोग्राम थियो ।