साप्ताहिक संवाददाता
हाल जापानमा रहेकी गीतकार तनुजा शर्माको खाली थिएँ म, तिमी भर्न आयौ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । शर्माको एकल शब्द रहेको नशामा एल्बममा संग्रहित यस गीतमा संगीत राजु सिंह तथा स्वर शिब परियारको रहेको छ ।
राजधानीको दक्षिणढोका मुलपानीस्थित ग्रान्ड नर्लिङ रिसोर्टमा सुटिङ गरिएको यस म्युजिक भिडियोको निर्देशन बब्बु थापा तथा छायाँकन राजेश घिमिरेले गरेका हुन् । यस गीतमा श्रीदेब भट्टराई र गीतकार स्वंय तनुजाको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई बिन्धवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
छिट्टै तनुजाको अर्को भिडियो पिउँदिन भन्दा भन्दै सार्बजनिक हुने क्रममा छ । त्यसमा पनि गीतकार तनुजाले नै अभिनय गरेकी छिन् । ‘मलाई एकदमै उत्साहित बनाएको छ ।’ तनुजाले भनिन्, ‘परदेशमा रहेपनि गीतसंगीत र लेखन क्षेत्रमा म सक्रिय रहनेछु ।’
गीतको भिडियो