साप्ताहिक संवाददाता
राजधानीको चोभारमा नेपाली चलचित्र क्षेत्रका हस्ती अभिनेताहरुको अभिनय रहेको देशभक्ति गीत ‘जय जय नेपाल’ को छायांकन सम्पन्न भएको छ । महानायक राजेश हमालदेखि सरोज खनाल , अभिनेत्री सरिता लामिछाने, निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत, उत्तक केसी, निर्मल शर्मा 'गैंडा' , गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ, इकु सुलेमान, एलिशा राई, दर्पण राई, नीराजन प्रधान, शरवानी पाण्डे, जून श्रेष्ठ, इन्जिनियर रामहरी फुयाँल, रंग पत्रकार आरडि श्रृङ्खला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारको जय जय नेपाल’ को म्युजिक भिडियो फिचरिङ गरिएको छ ।
म्युजिक भिडियोमा निर्देशक सशान कँडेलले सबै कलाकारहरुलाई नेपाली पोशाकमा प्रस्तुत गराएका थिए । अभिनेता राजेश हमालदेखि सरोज खनाल सम्मले देशभक्ति गीत भएकोले यति धेरै कलाकार एक्कै ठाउमा जम्मा भएर म्युजिक भिडियोमा अभिनय गरेको बताए ।
गायक सिडी बिजय अधिकारी र मनीषा राईको स्वर रहेको ‘जय जय नेपाल’ लाई अलोक चामलिङ राईले लेख्नु भएको हो । उत्सव दाहालको छायाँकन, श्रीजन बरालको नुत्य निर्देशन रहेको गीतलाई छिट्टै सम्पादन सकाएर सार्वजनिक गरिने निर्देशक कँडेलले बताए ।