साप्ताहिक संवाददाता
पुस ७, २०७३
लोकनाथ खनाल, योग प्रशिक्षक, पतञ्जली योग समिति
घिउ कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ । बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ । एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ ।
पाइल्सका रोगीले तारेको–भुटेको तथा रेशारहित खाना खानु हुँदैन । कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ । अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।