साप्ताहिक संवाददाता
जोसँग खुसी भइन्छ उही आफ्नो हुन्छ ।
टीका बुढाथोकी
हैट, कसरी पत्याउने ? हाम्रा बाले त हामीलाईभन्दा हाम्री आमालाई नै धेरै माया गर्छन् जस्तो लाग्छ ।
संयम महर्जन
यथार्थ कुरा हो नि, यो किन भन्ने कुरै होइन, जसलाई पनि लाग्ने त्यही हो ।
राजु लामा
आफ्नी श्रीमतीका बारेमा खासै खुलेर कुरा गर्न नरुचाउने पुरुषप्रधान समाजको उपज हो यो भनाइ ।
सुरेश
श्रीमतिकै कारणले ।
सूर्य चन्द्र
छोराछोरी आफ्नो कमाइ भएकाले सबैलाई मन पर्छन् । श्रीमतीको कुरा गर्ने हो भने सबैलाई सम्पत्ति त धेरैभन्दा धेरै जोड्न मन लाग्छ नि ।
झापाको कान्छो
आफ्नो बिज भएर होला सबैलाई आफ्ना छोराछोरी राम्रो लाग्ने, तर नामर्दहरूलाई मात्र अरूका श्रीमती राम्रा लाग्लान् । नत्र आफ्नै राम्री ।
गोपालचन्द्र थापा
छोराछोरीलाई आफूले दु:ख गरी आफ्नै आँखाअगाडि हुर्काइएको हुन्छ । श्रीमती अर्काकी राम्री लाग्नु अपवाद हो । सम्भवत: घरकी बूढीसँग सन्तुष्टि नभएर हो कि ?
अर्मत अर्जुन
आफ्नो सन्तान त सबैलाई प्यारा लाग्छन् नै, तर पनि नयाँ चिजमा आँखा लाग्नु सामान्य हो । त्यसैले होला, अर्काकी श्रीमती राम्री लागेकी । मेरो विचारमा जीवनभर साथ दिने श्रीमती गलत हुन्नन् ।
भरत खनाल
गार्हो छ यो प्रश्नको उत्तर दिन, तर रमाइलो छ प्रश्न । आफ्नै बीउ र अर्काको बीउको असर पनि होला, एउटै रूप हेर्दा–हेर्दा वाक्क हुनेहरूलाई अर्काकी श्रीमती राम्री लाग्ने समस्या होला नि ।
गणेशप्रसाद पौडेल
योचाहिँ चेतनाको अभाव अनि मानवीयता नभएको मान्छेको कुरा मात्र हो ।
सुवास जिम्माल
आफ्नी श्रीमतीलाई चोखो माया गर्नेहरूलाई त्यस्तो लाग्दैन ।
दानसिंह कार्की
विवाह गर्छु । सन्तान जन्मिएलान् अनि त्यसपछि भनुँला नि ।
सुसन
त्यही भएर होला, एक महिनाअघि भेटेको साथी प्राय: जहिले पनि अर्काकै श्रीमती भा’ ठाउँ गैरहन्छ ।
कृष्ण श्रेष्ठ
यो गलत कुरा हो ।
सुमित शाह
मर्दका १० वटी भन्छन्, त्यही भएर हो कि ?
गोविन्द श्रेष्ठ
तपाईंबाटै यसको सही जवाफ पाए आभारी हुने थिएँ ।
जय यादव
खै मलाई त त्यस्तो लाग्दैन तर तपाईंलाई चाहिँ त्यस्तो लाग्दो रै’छ, कि कसो ?
फुला शेर्पा
कसले भनेको यो कुरा ? यसमा सत्यता छैन ।
राज भट्टराई
खै मलाई त आफ्नै श्रीमती राम्री लाग्छिन् ।
प्रितम
खोइ, त्यो त भन्ने मान्छेलाई थाहा होला ।
रोशन केसी
घरकी मुर्गी दाल बराबर भन्ने उखान चरितार्थ गर्न ।
सान्त्वन