साप्ताहिक संवाददाता
पुस ७, २०७३
इजिप्टको राजधानी कायरोस्थित ओएसिस रेस्टुराँलाई विश्वकै सबैभन्दा ठूलो फुड कोर्ट मानिन्छ । ४१ हजार वर्गमिटरमा फैलिएको उक्त फुड कोर्टमा २५ वटा रेस्टुराँ तथा क्याफे छन् । सन् २०११ देखि सञ्चालनमा आएको उक्त फुड कोर्टमा एकै पटक ४ हजार २ सय २३ जनाले खाना खान सक्छन् । काखे बालकदेखि १६ वर्षसम्मका बालबालिकाका लागि विशेष सुविधा उपलब्ध यो फुड कोर्टमा १ हजार कार क्षमताको पार्किङसमेत छ ।