साप्ताहिक संवाददाता
युवावर्गलाई लागुपदार्थ मुक्त जीवन जिउन उत्प्रेरणा दिने हेतुले आयम स्किल्स डेभलप्मेन्ट सेन्टर र ओनस नेपालको संयुक्त आयोजनामा र एभरेष्ट फिल्म एकडेमीको सहयोगमा ‘ड्रामा फर चेन्ज’ नामक कार्यक्रम पुष ५ गतेदेखि किर्तिपुरको नेपाल भाषा एकेडेमीमा भइरहेको छ ।
युवावर्ग र समुदायलाई लक्षित गरी तयार पारिएको कार्यक्रममा करिब १५ सयभन्दा भन्दा बढी व्यक्तिहरुलाई लागुपदार्थ दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्य रहेको आयम स्किल्स डेभलप्मेन्ट सेन्टरकी रोजिना मानन्धरले जानकारी दिइन् । बिहान ११ बजे र दिउसो २ बजे देखाइने उक्त नाटक पुष ९ गतेसम्म १० वटा शो प्रदर्शन हुनेछन् ।
नाटकमा एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीहरुले कलाकारको भूमिका निर्बाह गरिरहेका छन। उक्त कार्यक्रमबाट हुने आर्थिक सङ्कलन अन्य लागुपर्दाथ दुर्व्यसन सम्बन्धी कार्यक्रममा खर्च गरिने आयोजकका तर्फबाट आशा परियारले जानकारी दिइन् ।