साप्ताहिक संवाददाता
पुस ८, २०७३
मुम्बईमा बसोबास गरिरहेका नाट्यकर्मी तथा हाल एभरेस्ट फिल्म कलेजका अभिनय प्रशिक्षक विशारत बस्नेतले आफ्नो निर्देशनमा नाटक ‘दुव्र्यसनी एक भुमरी’ मञ्चन गरिरहेका छन् । यो नाटकमा बस्नेतकै प्रशिक्षार्थीहरूले अभिनय गरेका छन् । लागूपदार्थ दुव्र्यसनका विषयमा केन्द्रित यो नाटक आज शुक्रबारसम्म हरेक दिन बिहान ११ तथा साढे दिउँसो २ बजे दुई शो मञ्चन हुने बताइएको छ ।