साप्ताहिक संवाददाता
पुस ८, २०७३
कलाकार पूनमकुमारी दासको चौथो एकल प्रदर्शनी लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा चलिरहेको छ । प्रदर्शनीमा कलाकार दासले रामायणको कथालाई मिथिला कलामा उतारेकी छिन् । प्रदर्शित १५ वटा चित्रमा उनले राम–सीताको विवाहदेखि रावणले हरेर लगेपछिका दृश्यहरू झल्काएकी छिन् । १० देखि १५ हजार रुपैयाँ मूल्य तोकिएका कलाकार दासका चित्र पुस १० सम्म अवलोकन गर्न सकिनेछ ।