साप्ताहिक संवाददाता
पुस ८, २०७३
नेपाली चलचित्रमा अभिनय गर्ने क्रम घटे पनि सदावहार नायिका करिश्मा मानन्धरको व्यस्तता राम्रै छ । करिश्माले राजनैतिक कार्यक्रमदेखि फेसन शोसम्ममा सक्रिय सहभागिता जनाउने गरेकी छिन् । यसै क्रममा करिश्मा गत आइतबार पोखरामा आयोजित चेरिस्मा फेसन शोमा देखिइन्् ।
फेसन शोमा करिश्माले गीत समेत सुनाएर दर्शकको ध्यान आफूतर्फ खिचिन् ।
मानन्धरले आफू अभिनीत चलचित्रका गीत गाएर दर्शकहरूलाई नचाइन् । उक्त फेसन शोमा प्रियंका महर्जन, प्रगति श्रेष्ठ, जेनीसेमी, ममता खड्काका साथमा पोखराका मोडलहरू र्याम्पमा उत्रिएका थिए । चेरिस्मा इम्पोरियमकी सञ्चालिका सीता बरालको डिजाइन प्रस्तुत गरिएको उक्त फेसन शोलाई जयन सुब्बाले कोरियोग्राफी गरेकी थिइन् ।