साप्ताहिक संवाददाता
पुस ८, २०७३
अस्ट्रेलियाको सिड्नीमा ‘क्रिसमस डान्स पार्टी’ हुने भएको छ । अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसलाई लक्षित गर्दै सञ्चालन हुने कार्यक्रम भए पनि यसमा नेपालीपन पाइने आयोजक कलिउड क्लबले बताएको छ ।
प्रवासमा रहेका नेपालीलाई अन्य भाषाका गीत–संगीतसंगै नेपाली गीत–संगीतमा झुमाउने उद्देश्य आयोजकहरूको छ । आज डिसेम्बर २३ तारिख शुक्रबार हुने क्रिसमस पार्टी साँझको ७ बजेदेखि राति १२ बजेसम्म चल्नेछ । पार्टीमा प्रवेश पाउन ३५ अस्ट्रेलियन डलर खर्चिनुपर्ने बताइएको छ ।