साप्ताहिक संवाददाता
निर्देशक : नितेश तिवारी
संगीत : प्रितम
कलाकार : अमिर खान, सान्या मल्होत्रा, साक्षी तनवर, फतिमासाना शेख आदि ।
आमिर खान आफ्ना चलचित्रमा केही न केही नयाँ विषय लिएर आउँछन् । यसपटक उनले भारतका कुस्ती खेलाडी महावीर सिंह फोगटको जीवनलाई आफूमा उतारेका छन् । महावीरले आफ्ना दुई छोरी बबिता कुमारी र गीता फोगटलाई पनि प्रशिक्षण दिएर कुस्ती खेलाडी बनाएका थिए । गीता फोगट भारतकी पहिलो महिला कुस्ती खेलाडी हुन् । उनले २०१० सम्पन्न कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेकी थिइन् भने बबिताले त्यसमा कांस्य पदक प्राप्त गरेकी थिइन् ।
चलचित्र ‘दंगल’मा अमिर खान कुनै बेलाका चर्चित कुस्ती खेलाडी महावीर सिंहको भूमिकामा छन्, जो छोराको चाहनामा चारवटी छोरीका पिता बन्न पुग्छन् । अन्तत: उनले छोराको मात्र खेल भनिएको कुस्तीमा छोरीहरूलाई प्रशिक्षण दिएर दंगलमा उतार्छन् । यही कथामा घुमेको चलचित्र ‘दंगल’ आज शुक्रबार प्रदर्शनमा आउने भएका कारण पनि यो साता कुनै नेपाली चलचित्र रिलिज हुनेछैनन्