साप्ताहिक संवाददाता
निर्देशक : मोर्टेन टेल्डम
कलाकार : जेनिफर लरेन्स, क्रिस प्राट, माइकल सिन आदि ।
ब्रह्माण्डको कथामा हलिउडले धेरै चलचित्र बनाइसकेको छ । सर्वसुलभ विशाल अन्तरिक्ष यानमा बेहोसीमै यात्रा गरिरहेका अन्तरिक्ष यात्री क्रिस त्यतिबेला छक्क पर्छन्, जब उनले थाहा पाउँछन् कि त्यो यानमा उनीबाहेक अरू कोही प्राणी छैनन् । उनी कराउन थाल्छन् । त्यस क्रममा एक जना मानवरूपी मेसिन मानव फेला पर्छन ।
त्यसपछि क्रिसको भेट जेनिफर नामकी युवतीसँग पनि हुन्छ । यानमा ती दुईबाहेक थप अरू कोही हुँदैनन् । आफूहरू कहाँ छु भन्नेसम्म पत्तो नपाएका उनीहरू एक–अर्काको एक्लोपनको साथी त हुन्छन्, तर जब यान सूर्यझैं बलिरहेको कुनै ग्रहसँग ठोक्किन थाल्छ, त्यसपछि उनीहरू आफूलाई जोगाउने प्रयत्नमा लाग्छन् । त्यही प्रयत्नमा चलचित्रको कथा अघि बढेको छ । यो चलचित्र आज शुक्रबार नेपालका केही मल्टिप्लेक्समा पनि रिलिज हुँदैछ ।