साप्ताहिक संवाददाता
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पाँचौँ धादिङ महोत्सव बिहीबार धादिङबेसीमा प्रारम्भ भएको छ । यो बृहत् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला पुस १७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
यो मेला १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र त्यसबाट १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने मेला आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले बताएका छन् ।
जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्याराग्लाइडिङ तथा हेलिकोप्टरबाट दृश्यावलोकन गराइने संयोजक दुवाडीले जानकारी दिए ।
मेलामा १ सय ७० वटा स्टल राखिएका छन् । मेलामा स्थानीय स्तरमा पाइने कृषिजन्य उत्पादन र घरेलु हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनलाई जोड दिइएको छ । मेला हेर्न आउनेहरूका लागि स्थानीय सल्यानटारको मास, उत्तरी क्षेत्रको आलु, मकै, कोदो र गहँुबाट बन्ने परिकार मुख्य आकर्षण बन्ने आशा गरिएको छ ।