साप्ताहिक संवाददाता
१. अमेरिकी टिभी पर्सनालिटी जेम्स कार्डेनको टिभी शो कारपुल काराओके यो वर्ष १३ करोड ७९ लाख २४ हजार ३ सय २८ भन्दा बढी पटक हेरिएको छ ।
२. जापानी कमेडी गायक पिको टारोको प्यारोडी गीत पेन पाइनापल एप्पल पेन भिडियो ९ करोड ८२ लाख ५५ हजार ५ सय ५५ ले हेरेका छन् ।
३. एक व्यक्तिले विषालु मानिने र्याटल सर्पको पुच्छरका बारेमा तयार पारेको भिडियो ६ करोड ८ लाख ९८ हजारले हेरेका छन् ।
४. नाइक कम्पनीले फुटबल खेलाडी रोनाल्डो लगायतलाई देखाएर तयार पारेको भिडियो चौथो स्थानमा छ, यो भिडियो ५ करोड ७७ लाख ९० हजार भन्दा बढीले हेरेका छन् ।
५. अमेरिका गट ट्यालेन्ट–२०१६ अन्तर्गत १२ वर्षीया एक गायिका तथा वाद्यवादकको भिडियो ४ करोड ७२ लाखभन्दा धेरैले हेरेका छन् ।
६. पानीको बोटल अड्याउने शोको भिडियो छैटौं स्थानमा छ, जुन ४ करोड ३१ लाखभन्दा धेरैले हेरेका छन् ।
७. रन द वल्र्ड शीर्षकको भिडियो ३ करोड ७१ लाख भन्दा धेरैले हेरेका छन्, तर यो भिडियो नेपालका लागि भने उपलब्ध छैन ।
८. अमेरिकी टिभी प्रस्तोता जोन ओलिभरको टक शो सर्वाधिक हेरिएका भिडियोहरूको सूचीको आठौं स्थानमा छ । ३ करोडभन्दा बढीले हेरेको यो भिडियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा छ ।
९. इमिरेट्स इयरलाइन्सबाट दुबईदेखि अमेरिकासम्म २१ हजार डलर जहाज भाडा लाग्ने फस्ट क्लास सिट र सुविधाका बारेमा तयार गरिएको भिडियो २ करोड ७३ लाखले हेरेका छन् ।
१०. दुई दाजुभाइले आफ्नी बहिनीलाई भूतको डर देखाएर तर्साएको भिडियो दसौं स्थानमा छ, जुन २ करोड २२ ।