साप्ताहिक संवाददाता
गायिका रेखा शाहको स्वरमा सजिएको आधुनिक गीत ‘तिमी बिना...’ को म्युजिक भिडियो आइतवार काठमाडौंमा सार्वजनिक गरिएको छ । संगीतकर्मी चण्डीप्रसाद काफ्ले, मनोविद् करुणा कुवर तथा निर्देशक नितिनकुमार चन्दले लोकार्पण गरेका हुन् ।
मुम्बइको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देशन नितिनकुमार चन्दले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । यसभन्दा अघिका आफ्ना गीतहरुमा पनि उनको अभिनय रहेको छ । आजैबाट संसारभर एकैसाथ लोकार्पण भएको उनको गीतको म्युजिक भिडियो उनकै युट्युब च्यानलमा हेर्न सकिन्छ ।
आज लोकार्पित तिमी बिना... सिङ्गल ट्रयाकमा रेखासंगै गौरव डोगाउँकरको स्वर पनि सुन्न पाइन्छ । डोगाउँकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । बलिउडको चलचित्र संगीतका चर्चित कलाकारसंग रेखाले नेपाली संगीतलाई जोडेकी छिन् । मुम्बइको प्रसिद्ध यशराज स्टुडियोमा रेकर्ड भएको यस गीत रचनाकार भूपेन्द्र खड्का र संगीतकार कमल खत्री हुन् । यो गीतमा निलेशको संगीत संयोजन रहेको छ ।
रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा अब्बल प्रतिभा प्रस्तुत गरेर प्रथम भएसंगै वि.सं. २०५९ सालबाट रेखा शाह संगीतको दुनियाामा उदाएकी हुन् । उनी सुकोमल मखमली आवाज, सरल व्यवहार र गुणग्राही स्वभावसागै संगीतको मूलबाटोमा बहुप्रतिभासहित सतर्कतापूर्वक यात्रारत छिन् । सिमसिमे पानीमा उनको स्वर पनि हो र रचना पनि । यो लोक धुन नेपाली लोकगीतको अन्तर्राष्ट्रिय छवी हो । रेखाले संगीत र देशलाई दिएको कला–उपहार हो यो । त्यसपछि उनी द लाइन, स्मृति, आकृति एल्बमसागै सिङ्गल ट्रयाकका केही नम्बरहरुसहित आफ्ना श्रोतामाझ निरन्तर छिन् । २०५१ सालमै युवा छिन्नलता गीत पुरस्कार पाएकी रेखाले त्यसपछि विभिन्न संघसंस्था र सञ्चार गृहबाट दर्जनौा सम्मान, पुरस्कार र अभिनन्दन प्राप्त गरेकी छिन् ।
जन्मथलो धादिङ र त्यहीबाट टिपिएका लोकभाकाहरुसंगै उनले नेपाली लोकगीतलाई उचाइ दिइरहेकी छिन् र लोक तथा आधुनिक/अत्याधुनिक शैलीलाई समेत आफ्नो सुकोमल गलाले सप्रेम मुसारेर उनले आफ्नो बहुप्रतिभा प्रस्तुत गरिरहेकी छिन् । नेपाली गायिकाहरुको लामो शृंखलाकी उनी पृथक् र लोकप्रिय कलाकार हुन् । समय र समयको स्वरसागै कलाको विकासमा नयाापन खोज्नु उनको विशेषता हो । अध्ययनशील उनी लैङ्गिक विषयमा उच्चशिक्षा अध्ययन गरिरेहेकी छिन् । गीत संकलन र लेखनमा समेत उनको सृजनशीलता आशालाग्दो छ । संगीत सृजनातर्फ पनि उनी आकर्षित छिन् । त्यो पनि उनको आगामी नयाँ बाटो हुन सक्छ ।
भिडियो :