साप्ताहिक संवाददाता
मेरा गुरु केदार घिमिरे ‘माग्ने बूढा’ टेलिश्रृंखला होस् वा चलचित्र, निकै राम्रो लेख्नुहुन्छ । उहाँको जस्तो स्क्रिप्ट–लेखन कला ममा छैन । मैले नि त्यसो गर्न सके हुन्थ्यो भनेर डाहा लाग्छ ।
विल्सनविक्रम राई, हास्यकलाकार
निर्देशक प्रदीप भट्टराईको असल चरित्र देखेर ईष्र्या लाग्छ ।
रवीन्द्रसिंह बानियाँ, अभिनेता
कान्तिपुर पब्लिकेसन्सको कार्यालय देखेर, कस्तो राम्रो इन्टरियर !
आसिफ शाह, निर्देशक
साथीकी छोरीसँग, ऊ व्वाइफ्रेन्ड लिएर हिँड्ने भैसकी, आफ्नो अहिलेसम्म कुनै टुंगो लागेको छैन ।
जया ओझा, लेखिका
म जे छु ठीकै छु । मलाई कसैको ईष्र्या गर्न मन लाग्दैन ।
गौरव पहारी, नायक
अरूको ईष्र्या गरेर पनि कहिले उँभो लागिएला त ?
बनिश शाह, चलचित्र सम्पादक
साथी स्वेच्छा राउतको लेख्ने शैलीमा ईष्र्याभन्दा पनि लोभ लाग्छ । सामान्य कुरालाई सरल अनि बुझ्ने ढंगले लेख्ने खुबी छ उनमा ।
वर्षा बस्नेत, पत्रकार
मलाई निखिल उप्रेतीको लोकप्रियता देखेर डाह लाग्छ । मेरा पनि त्यस्तै प्रशंसक भैदिए हुन्थ्यो जस्तो लाग्छ ।
मौनता श्रेष्ठ, चलचित्र लेखक
मलाई मेरी प्रिय सखी गायिका जुना प्रसाईंको फिगर र हाइट देखेर मेरो पनि त्यस्तै भए हुन्थ्यो जस्तो लाग्छ ।
प्राश्ना शाक्य, गायिका
मेरो मित्र पूर्ण थापा, कार्यालय छुट्ने बित्तिकै घर पुग्छ । उसको त्यो बानीप्रति ईष्र्या पनि लाग्छ अनि प्रभावित पनि छु । म त्यसो गर्नै सक्दिनँ ।
रवि डंगोल, हास्य अभिनेता
मेरा सहकर्मीहरूमा कसैले असाध्यै राम्रो काम गरे भने प्रभावित भइन्छ र कहिलेकाहीँ मैले चाहिँ त्यो कुरा किन सोच्न सकिनँ भन्ने लागेर
ऊ प्रति ईष्र्या लागेर आउँछ,
मिठो ईष्र्या ।
चिराग वाङ्देल, चित्रकार/आरजे
साप्ताहिकमा मलाई किन केवल एक प्रश्न मात्र सोधिन्छ, अरूसँग त दर्जनौं प्रश्न सोधिन्छ ? त्यही कुराको ईष्र्या लाग्छ मलाई ।
प्रकाश पौडेल, गायक
ईष्र्याभन्दा पनि अभिनेता तथा संगीतकर्मी मानव सुवेदीको संगीत, गायन शैली एवं अर्गानिक लाइफ स्टाइलबाट प्रभावित छु ।
सुरक्षा पन्त, नायिका
मैले आफ्ना सहकर्मीहरूसँग कहिल्यै ईष्र्या गरिनँ, तर नफिज भन्ने साथी तथा सहकर्मीको आँखाको रंग र हाइटबाट प्रभावित छु ।
एकता थापा, कोरियोग्राफर/मोडल
जेम्स स्कुलका फाउन्डर तथा मेरा मामा राजेश खड्काको मेहनत तथा सफलताबाट पहिलेदेखि नै प्रभावित थिएँ र अहिले पनि छु ।
नीलडेविड कटुवाल, हेयर डिजाइनर
मलाई मेरो साथी विनय केटुको कुनै पनि रचनालाई एकैछिनमा कम्पोज गरिदिने खुबी देखेर ईष्र्या लाग्छ ।
साशन कँडेल, गायक/निर्देशक
मेरी अर्धाङ्गिनी तथा सहकर्मी दुर्गिश थापाको तत्काल निर्णय गर्न सक्ने क्षमता देखेर ईष्र्या लाग्छ ।
सुनिल रावल, निर्मात