साप्ताहिक संवाददाता
काठमाडौ । ‘रनवे मोडल २०१६’ को उपाधी सौगात शर्मा र श्रीया थापाले जितेका छन् । कुपन्डोलका २० बर्षीय शर्मा पुरुष र मन्डिखाटारकी २२ बर्षीया थापाले महिलातर्फको उपाधि चुमेका हुन् । शर्मा १९ र थापा १४ प्रतिष्पर्धीपछि पार्न सफल रहे । दुबै बिजेताले उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न उपहार प्राप्त गरे ।
एकै प्रेक्षालयमा पुरुष तथा महिलालाई उतारिएको प्रतियोगीतामा पुरुषतर्फ सुमन श्रेष्ठ फष्ट रनरअप र मोहन थापा सेकेन्ड रनरअप घोषित हुँदा महिलातर्फ हिरादेबी राई फष्ट रनरअप र पुजा गुप्ता सेकेन्ड रनरअप चुनिए । तीनकुनेस्थित रोयल ब्याङ्केटमा बन तथा भु–संरक्षण मन्त्री शंकर भण्डारीको आतिथ्यमा आयोजित प्रतियोगीतामा नायक तथा निर्माता नवल खड्का, करण क्रेजी, हास्य कलाकार किसोर भण्डारी, रेस्मा तिमिल्सिना , मिलाप म्यागेजिनका प्रधान सम्पादक कृष्ण भुषाल लगायत सम्मानित भए ।
नायक मनोज आरसी, अन्तर्राष्ट्रिय मोडल दिपक घिमिरे, मोडल सपना अधिकारी, अभिनेता दिक्पाल कार्की, नेपाल फेसन आइकन बिजेता श्रृजना देवकोटा, अभिनेता निराजन थापा, फेसन डिजाइनर रोजिन श्रेष्ठ लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए । महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नयाा आयाम थप्ने उद्देश्यले ‘रनवे मोडल’ आयोजना गर्दै आएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।
प्रतियोगीतामा पुरुषतर्फ बेष्ट पफमेन्स निराजन महर्जन, ह्याण्डसम सौगात शर्मा, फेसनिष्ट मोहन थापा, भ्युयुर च्वाईस राजन बुढाथोकी, मोष्ट एक्टिभ सुमन श्रेष्ठ, आभाष थिङ, फोटोजेनिक प्रवेश खड्का, मेकओभर बिश्व तामाङ, मल्टिभिडिया राजन बुढाथोकी, र्याम्पवाक सुनिल महर्जन, बेष्ट फिजिक राजेश तामाङ, कन्ज्युनेन्टली संजिव श्रेष्ठले हात पार्दा महिला तर्फ बेष्ट पर्फमेन्स पुजा गुप्ता, फेसनिष्ट खुस्बु तामाङ, बेष्ट पर्सनालिटी श्रीया थापा, म्यानेजमेन्ट च्वाइस रिस्ता लिब्बु, मोष्ट युनिक सुनिता कार्की, बेष्ट फिगर ज्योती तामाङ, मेकओभर संगिता केसी, मल्टिभिडिया रिस्ता लिब्बु, र्याम्पवाक हिरादेबी राई, बेष्ट क्विन सुस्मिता तुलाधरलगायतले हात पारे ।