साप्ताहिक संवाददाता
काठमाडौं– आइतवार काठमाडौंमा आयोजित १२ औं संस्करणको ‘मिस नेवा: ११३७’ को पहिलो चरणको अडिसनबाट ३५ जना युवतीहरु प्रतियोगिताका लागि छनोट भएका छन् । नेप्लिज फेशन होमले आयोजना गर्ने यो प्रतियोगितामा नेवार समुदायका युवतीहरुले अडिसन दिएका थिए ।
अडिसनबाट छनोट भएको प्रतियोगिलाई जनवरी १ देखि करिब डेढ महिनाको अवधिमा विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई आत्मविश्वास, आमसञ्चार, व्यक्तित्व विकास, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । १२ औं मिस नेवा: को चयन आगामी माघ २४ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ ।
अडिसनमा भाइराजा तुलाधर, मिस नेवा सुनिता डंगोल, रोजिन शाक्य, उज्वल कृष्ण श्रेष्ठ, जिबेश्वरलाला श्रेष्ठ, डा.शिक्षिता श्रेष्ठ तथा रोहिया महर्जन निर्णयकको रुपमा रहनु भएको थियो । मिस नेवा: सौन्दर्य सांस्कृतिक.भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गर्दै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउने छन् ।
यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जसमध्ये बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन् । पूर्व मिस नेवा सुनिता डंगोल भेपाल भाषा प्रशिक्षकको रुपमा सहभागि हुने छिन् ।